शुक्रबार २ कार्तिक २०८१
राजनीति

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलको आरोप

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् । 

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरुको बेठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए ।

सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । विपक्षीलाई तर्साउने र फुटाउने नीतिमा सरकार देखिएकाले यसविरुद्ध एकजुट भएर अघि बढ्नेबारे समझदारी बनेको समेत साहले बताए ।

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर साना दललाई विभाजन गर्ने आशंका भएको भन्दै दलहरुले ध्यानाकर्षणपत्र बुझाउने भएका हुन् । कात्तिक ५ गते सरकार, राष्ट्रपति र सभामुखलाई ध्यानाकर्षण गराउने रास्वपा सांसद शिशिर खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया