समाज
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक ३ दिन बन्द हुने
शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
मकवानपुर । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए ।
दुबै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ-हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया