शुक्रबार २ कार्तिक २०८१
समाज

मोरङका एसपी हेडक्वार्टर तानिए, राजन लिम्बुलाई जिम्मेवारी

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ । लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया