शुक्रबार २ कार्तिक २०८१
खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं  ।  साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ।दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ।

चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ। पहिलो पटक २०२२ मा सेमिफाइनलसम्म पुगेको भुटानले घरेलु महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ।

पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन। प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो। आजको खेल स्टार फरवार्ड सावित्रा भण्डारीले गुमाउने भएकी छिन्।

हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् । 

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।  समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

 

तपाईको प्रतिक्रिया