शुक्रबार २ कार्तिक २०८१
समाज

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् ।

आरोपित गेष्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । उनले बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

पीडित बालिकालाई एक महिनासम्म गेष्ट हाउसबाट बाहिर जान समेत नदिएको र जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ ।

पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

पीडित बालिकालाई उनले एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन समेत नदिई यौन व्यवसायमा लगाएको आरोप छ ।

तपाईको प्रतिक्रिया