शुक्रबार २ कार्तिक २०८१
राजनीति

लोसपाले भन्यो– प्रचण्डले झुक्याएर अध्यक्ष ठाकुरलाई बैठकमा बोलाए

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । सत्तारूढ दलका नेता महन्थ ठाकुर विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छन् । सरकारमा श्रम तथा रोजगार मन्त्रालय समेत लिएको पार्टीका अध्यक्ष विपक्षी गठबन्धनमा गएपछि सत्तारूढ दलहरूले चासो देखाएका छन् । 

तर लोसपा नेपालका नेताहरूले आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव मनिष मिश्रले आफ्नो दलका अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।

उनले भने, ‘हाम्रो दल सरकारमा रहेका कारण प्रतिपक्षी दलहरूको बैठकमा जाने कुरा नै हुँदैन तर अध्यक्ष प्रचण्डले तपाईंसँग समसामयिक विषयमा छलफल गर्नुछ एकपटक भेटौँ भनी आफैँ फोन गरेर बोलाउनुभयो । यसरी प्रधानमन्त्री भइसकेका प्रतिपक्षी दलका नेताले छलफलका लागि बोलाएपछि नजाने कुरा हुँदैन, हाम्रो अध्यक्षज्यू जानुभयो तर त्यहाँ अरू दलका नेताहरू पनि हुनुहुन्थ्यो, जसलाई प्रतिपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’

 

तपाईको प्रतिक्रिया