शुक्रबार २ कार्तिक २०८१
समाज

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ । उनलाई शुक्रबार म्याद थप गर्नका लागि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई म्याद थप गरेर थप अनुसन्धान गर्नका लागि अदालत उपस्थित गराइएको हो । कति दिनको म्याद थप हुने भन्नेबारे अहिले कुनै जानकारी नभएको प्रहरीको भनाइ छ ।

जोशी असोज ६ गते पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन आएपछि पक्राउ परेका थिए । गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । 

तपाईको प्रतिक्रिया