शुक्रबार २ कार्तिक २०८१
खेलकुद

अमेरिकाले सन्दीपलाई दियो भिसा, आजै प्रस्थान गर्ने

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ । 

सोही प्रतियोगितामा सहभागी हुन लामिछाने अमेरिका जान लागेका हुन् । यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा दिएको हो ।  

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

तपाईको प्रतिक्रिया