शुक्रबार २ कार्तिक २०८१
राजनीति

प्रचण्डको विश्लेषण : रवि पक्राउ पर्न सक्छन्

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।

आज आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण गरेका हुन । टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबारे समेत छलफल भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाए ।

‘एकदुई दिनमा सामात्न सक्छ भन्ने उहाँको विश्लेषण थियो’, बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया