आइतबार ११ कार्तिक २०८१
अर्थ

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड , तोलामा १४०० बढ्यो

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते हालसम्मकै उच्च मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँको रेकर्ड आज तोडिएको हो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया