आइतबार ११ कार्तिक २०८१
राजनीति

हिरासतमा रविमाथि दुर्व्यवहार भएको रास्वपाको आरोप कास्की प्रहरीद्धारा खण्डन

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालबाट भ्रम छरेको जनाएको छ ।

अनुसन्धानका लागि हिरासत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमै प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाइएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

‘यस्ता तथ्यहीन, भ्रामक एवम् झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्रै सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, शर्माले भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त शर्माले आइतबार विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया