आइतबार ११ कार्तिक २०८१
अर्थ

सेयर बजार २६१७ अंकमा झर्‍यो, चार अर्ब ७३ करोडको कारोबार

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २६१७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा यस दिन ४ अर्ब ७३ करोडको भयो ।

यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेड, रिभर फल्स पावर लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल एसबीआई बैंक लिमिटेडको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।

आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताको बिहीबार पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

तपाईको प्रतिक्रिया