आइतबार ११ कार्तिक २०८१
खेलकुद

साफ महिला च्याम्पियनसिप: बंगलादेश फाइनलमा प्रवेश

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बंगलादेश फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो ।

सन् २०१६ मा पहिलो पटक फाइनल पुग्दा भारतसँग पराजित भएको भारतले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो । बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।

पहिलो हाफमा तोहुरा र कप्तान सबिना खानुतले दुई-दुई गोल गर्दा रितु पोर्ना चक्माले एक गोल गरेकी थिइन् । तोहुराले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

पहिलो हाफमा बंगलादेशले भुटानमाथि ५-१ को अग्रता बनाएको थियो ।

बंगलादेशले पहिलो हाफमा सुरुवातदेखि नै भुटानमाथि दबाब बनाएको थियो । खेलको सातौं मिनेटमै रितु चक्माले तोहुरा खातुनको पासमा बक्सको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

तपाईको प्रतिक्रिया