काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । आज नेप्से परिसूचक २ प्रतिशतले बढेर २,६६५.४५ विन्दुमा बन्द भएको हो ।
३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो ।
तपाईको प्रतिक्रिया