बुधबार ९ माघ २०८१
राजनीति

संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित, भोलि बस्ने

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ ।

बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो । तर मन्त्री उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।

अब भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने छ  ।

समिति सभापति रामहरी खतिवडाले १५ जना सांसदले उपस्थित हुने प्रतिबद्धता जनाएको भएपनि मन्त्री अनुपस्थित भएकाले बैठक स्थगित भएको बताए।  

तपाईको प्रतिक्रिया