बुधबार ९ माघ २०८१
खेलकुद

यू-१९ महिला टी२० विश्वकप : अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । मलेसियामा जारी यू–१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको चूनौति पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन जोड्यो ।

नेपालले सुरूवातमै ३ विकेट लिएर दबाबमा राखेको भएपनि त्यसपछि काइम्हे ब्रे र एलिनोर लारोसा मिलेर ७२ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले बलियो योगफल खडा गर्यो ।

ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन् । नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् । सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।

नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

तपाईको प्रतिक्रिया