बुधबार ९ माघ २०८१
समाज

साढे चार अर्ब बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) को सहकारी विभागमा ६ हजार २ सय ६६ बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८ सय ३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबी सहित निवेदन दिएका छन् ।

महानगरले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका १ सय १८ सहकारीका बचतकर्ताले यो मागदाबी गरेका हुन् ।

मंगलबार संघीय सरकार अन्तर्गतको सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेलाई महानगरको सहकारी विभाग प्रमुख नमराज ढकालले दिएको जानकारीमा उक्त मागदाबी उल्लेख छ ।

सम्पर्क बाहिर भएका सहकारी व्यवस्थापन, समस्याग्रस्त घोषणा गरेका सहकारीे व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरण लगायत विषयमा संघीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागबीच समन्वयका विषयमा कुरा गर्दै ढकालले महानगरभित्र भएका सहकारीका अवस्थाबारे जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया