बुधबार ९ माघ २०८१
राजनीति

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकले गरेका १५ निर्णयहरू

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सो दिन बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णय गरिएको उल्लेख छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन  प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने  निर्णय समेत गरेको छ ।

यसैगरी जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया