बुधबार ९ माघ २०८१
समाज

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं : गृहमन्त्री लेखक

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी ऐन संशोधन गर्न बनेको विधेयक केही दिनभित्रै संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा पेश हुने बताएका छन् ।

आज (बुधबार) २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरीका जवानदेखि अधिकृतसम्मका दर्जाहरुले उठाउँदै आएका आवाजलाई सम्बोधन गरेर विधेयक तयार गरिएको बताए ।

उनले जवानहरुले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमै अवकाश जान पाउने प्रवधानलाई ऐनमा समावेश गरिएको बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सबैको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकको रुपमा संसद्मा दर्ता गर्ने सबै तयारी भई हामीले अन्तिम रुप दिइसकेका छौं । हामी केहीदिनमा सम्बन्धित विधेयकलाई संघीय संसद्मा दर्ता गर्नेछौं । अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको छ । लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिने छ,’– उनले भने ।

 

तपाईको प्रतिक्रिया