बिहीबार १ फाल्गुण २०८१
बिजनेस

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

शुक्रबार माघ १८, २०८१/ Friday 01-31-25

काठमाडौं । एनएमबी  बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । 

यसअघि विद्यमान संस्थापक शेयर धनीहरूले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौँको बालुवाटारस्थित एनएमबी  क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया