
काठमाण्डौ । यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार (माघ ११ गते) तोलामा एक लाख ६० हजार ६ रुपैयाँ कायम भएको सुन यो शुक्रवार अर्थात् हिजो अस्तिको तुलनामा एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार भयो ।
त्यस्तै यस हप्ताभर सुनको भाउमा भने घटबढ भइरह्यो । जसअनुसार माघ १५ गते मङ्गलवार सुनको भाउ हप्ताकै कम तोलामा १ लाख ५९ हजार दुई रुपैयाँ कायम रहेको थियो ।
यस्तै यस हप्ता चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ यस हप्ता तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको शुक्रवार (माघ ११ गते) तोलाको १ हजार आठ ८० रुपैयाँ रहेको चाँदीको भाउ हिजो तोलामा एक हजार नाै सय १५ रुपैयाँमा कारोबार भयो ।
त्यस्तै चाँदीको भाउ पनि माघ १५ गते मङ्गलवार गते हप्ताकै कम तोलामा १ हजार आठ ३५ रुपैयाँमा कारोबार भयो ।
सुनचाँदीको भाउमा हप्ताभर नै उतारचढाव भए पनि हप्ताको अन्त्यमा सुनचाँदी दुवैको भाउ बढेको छ ।
तपाईको प्रतिक्रिया