बिहीबार १ फाल्गुण २०८१
खेलकुद

महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25

काठमाडौं । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाली टिम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमा रोकियो । नेपालका लागि इन्दू वर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन जोडिन् । सीता राना १० रनमा नटआउट रहँदा नेपालले १४ रन अतिरिक्तमा पायो ।

यो हारसँनै नेपाल यो सिरिजबाट बाहिरिएको छ । अब नेपालले पर्सी थाईल्याण्डसँग खेल्नेछ । सो खेल प्रतिष्ठाका लागिमात्र हुनेछ । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोड्यो । नेदरल्याण्डस्का लागि ववितेडी लिडाले सर्वाधिक ४१ तथा हेटर साइग्रेसले २६ रन जोडिन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन जोडे ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिईन् । ३ ओभर फ्याँकेकी सीताले १२ रन दिएर ५ विकेट चट्काएकी हुन् । मनिषा उपाध्यायको नाममा दुई विकेट रहँदा कविता जोशी र इन्दू पर्माले समान १ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया