बिहीबार १ फाल्गुण २०८१
समाज

काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25

काठमाडौँ । बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनी  राजकुमार एडवार्डकी श्रीमती हुन् । 

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् ।  केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ । 

राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।  ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया