
काठमाडौं । नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नेपाली महिला टिमले थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर थाइल्यान्डले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङमा निम्त्याएको हो ।
नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्यान्ड भने प्रतियोगितामा अपराजित छ ।
नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोड्दा नेपाल भने अंकविहीन छ । आजको खेलमा नेपाल पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।
नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्वकप खेलेकी थिइन् ।
तपाईको प्रतिक्रिया