शुक्रबार १ चैत २०८१
अर्थ

सरकारको आठ महिनाः आम्दानीभन्दा खर्च धेरै, विकास खर्च २३ प्रतिशत मात्र

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो चौमासिकसम्म सरकारको खर्च आम्दानीभन्दा बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको आम्दानी सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख भए पनि खर्च आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख पुगेको छ, जसले एक खर्ब ५३ करोड ४७ लाखको घाटा देखाएको छ।

विकास खर्च निकै कमजोर देखिएको छ। पुँजीगत खर्च वार्षिक विनियोजनको मात्र २३।३७ प्रतिशत रहेको छ। तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भए पनि हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख मात्र खर्च भएको छ।

राजस्व संकलन लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। कुल लक्ष्य १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रहेकामा ५०।२ प्रतिशत मात्र असुली भएको छ। कर राजस्व ४९।७४ प्रतिशत मात्र संकलन भएको छ भने गैरकर राजस्व ६०।३६ प्रतिशत पुगेको छ।

वैदेशिक अनुदान सङ्कलन पनि न्यून छ। वार्षिक लक्ष्यको मात्र १७।५१ प्रतिशत अर्थात नौ अर्ब १६ करोड २५ लाख मात्र प्राप्त भएको छ। 

तपाईको प्रतिक्रिया