
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत १५ गते बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन मोर्चाले प्रदर्शन गर्न लागेको उनले जानकारी दिए ।
चैत १५ गते काठमाडौँमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उनले दाबी गरे । आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रम राखेको विश्वकर्माले बताए ।
तपाईको प्रतिक्रिया