
काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंबाट २५ करोडसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ। ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।
यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया