मंगलबार ५ चैत २०८१
समाज

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेले लिए शपथ

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का नवनियुक्त उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् । 

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेलाई शपथ ग्रहण गराएका हुन् ।

कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए । 

शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए । 

तपाईको प्रतिक्रिया