बुधबार ६ चैत २०८१
अर्थ

२७ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से ७.६६ अंकले घटेर २६९७.०४ विन्दुमा बन्द भएको हो। 

आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।

चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबारमा पाँच अर्ब ८० करोडको सेयर किनबेच भएको थियो ।

मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०.११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया