
काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न गृहकार्य अघि बढाएको छ। सम्भवतः आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकबाट निर्णय हुनेछ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गठित सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।
गभर्नरका प्रमुख दावेदारमा डेपुटी गभर्नर नीलम ढुंगाना, कार्यकारी निर्देशक गुणाकर भट्ट, सञ्चालक सदस्य रवीन्द्र पाण्डे, र पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षत्री छन्।
प्रधानमन्त्री नीलमको पक्षमा छन् भने कांग्रेस सभापति देउवा गुणाकरको समर्थनमा। अन्य दावेदारमा बमबहादुर मिश्र, डा. प्रकाश कुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना पनि छन्।
तपाईको प्रतिक्रिया