बुधबार ३ बैशाख २०८२
माैसम

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा

बुधबार चैत २७, २०८१/ Wednesday 04-09-25

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।  

देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित भएकाले पनि वर्षाले राहत दिलाउने मौसमविद्हरूको भनाइ छ । केही दिनयता काठमाडौंको वायुमण्डल प्रदूषित हुँदा सर्वसाधारण आजित भएका छन् । अस्पतालहरूमा आँखा पोल्ने, घाँटी दुख्ने, दमलगायतका समस्यासहित जाने बिरामीको संख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया