मंगलबार २ बैशाख २०८२
बिजनेस

वैशाखमा तीन वाणिज्य बैंकको ब्याजदर घट्यो, औसत ब्याजदर स्थिर

आइतबार चैत ३१, २०८१/ Sunday 04-13-25

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार, वैशाखमा अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् ।

वैशाखमा औसत ब्याजदर स्थिर छ । चैतमा ५.९८ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा पनि उही विन्दुमा छ । वैशाखमा एउटा वाणिज्य बैंकले मात्र ब्याजदर बढाएको छ । तीनवटाले घटाएका छन् ।

कुल २० वाणिज्य बैंकमध्ये एभरेस्ट, सानिमा, कुमारी र नेपाल बैंकको ब्याजदर घटबढ भएको छ । एभरेस्ट बैंकले ०.६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ०.१ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, कुमारी बैंकले ०.०९ प्रतिशत र नेपाल बैंकले ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

अरू १५ वाणिज्य बैंकले भने ब्याजदर स्थिर राखेका छन् । बैंकहरूमा तरलता सहज भए पनि ऋण लगानी छैन ।

तपाईको प्रतिक्रिया