सरकार परिवर्तन प्रचण्डको चाहना हो, सम्भव छैन: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको हो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता परिवर्तनबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेको जस्तो सत्ता परिवर्तन सम्भव नरहेको बताएका छन्।
तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए । ‘राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अर्थोक केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई पनि खण्डन गरेका छौं’, ज्ञवालीले भने ।
तपाईको प्रतिक्रिया