
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा भइरहेको छ ।
उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ ।
हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
तपाईको प्रतिक्रिया