वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न अपिल

वीरगञ्ज । आज भएको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ ।
बैठकले शनिबार शोभा यात्रा मनाउन निकालिएको यात्राका क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि कानुनको दायरामा ल्याई कडा कानुनी कारबाहीको माग गरेको छ ।
साथै बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणसँग अपिल समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, नेपाली सेनाका वीरगन्जस्थित श्री श्री जंग गण तथा विभिन्न दलका जिल्ला प्रमुख एवम् प्रतिनिधि सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै यस्तो अपिल गरेको हो ।
प्रतिबद्धतामा शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवम् गतिविधि कुनै पनि संघसंस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायमा अपिल गरिएको छ ।
तपाईको प्रतिक्रिया