मंगलबार २ बैशाख २०८२
अर्थ

वर्ष को अन्तिम दिन घटेर बन्द भयो सेयर बजार, ६ अर्बभन्दा बढीको सेयर किनबेच

आइतबार चैत ३१, २०८१/ Sunday 04-13-25

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका आइतबार नेप्से ८.८४ अंकले घटेको हो ।

परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो । 

यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । 

होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।

यस्तै समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।

तपाईको प्रतिक्रिया