शुक्रबार १२ बैशाख २०८२
राजनीति

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले लिए शपथ

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिएका छन्। बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित सहभागी थिए ।

विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त शिक्षामन्त्रीमा बुधबार पन्त नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया