सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरू

काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको हो।
बैठकमा बोल्दै संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८०’ को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा सर्वसाधारणलाई जानकारी दिन तथा कुनै सूचना वा उजुरी भए समिति समक्ष बुझाउन सूचनालाई सरकारी सञ्चारमाध्यम तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव समितिबाट सर्वसम्मतिले पारित गरिएको थियो।
समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य नियुक्तिबारे संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ भएको हो। न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन्।
तपाईको प्रतिक्रिया