आइतबार १ असार २०८२
बिश्वो

इरानद्वारा इजरायलमा भीषण क्षेप्यास्त्र आक्रमण

शनिबार जेठ ३१, २०८२/ Saturday 06-14-25

एजेन्सी । इजरायलद्वारा इरानका आणविक र सैन्य केन्द्रमाथि आक्रमण गरेपछि इरानले शनिबार दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै जबाफ दिएको छ।

आक्रमणका कारण तेल अवीवमा धुवाँ देखिएको छ भने गुस दान क्षेत्रबाट ३४ जना घाइते भएको इजरायली मिडियाले जनाएको छ। तीमध्ये एक महिलाको मृत्यु भएको पुष्टि गरिएको छ।

तेहरानमा पनि विस्फोट र आगलागी भएको देखिएको छ भने स्थानीयहरू राष्ट्रिय झण्डा लिएर इजरायलविरुद्ध नाराबाजी गर्दै सडकमा निस्किएका छन्।

इरानका अनुसार इजरायली हमलामा ७८ जनाको मृत्यु र ३२० जना घाइते भएका थिए।

संयुक्त राष्ट्रसंघ प्रमुख एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविराम गर्न आग्रह गर्दै कूटनीतिक समाधान खोज्न आह्वान गरेका छन्।

 

तपाईको प्रतिक्रिया