आइतबार १ असार २०८२
राजनीति

गगन थापाको प्रस्ताव: सभापति चयनमा १२ लाख सदस्यको प्रत्यक्ष मतदान

शनिबार जेठ ३१, २०८२/ Saturday 06-14-25

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न १२ लाख क्रियाशील सदस्यबाट सभापति छान्ने प्रस्ताव अघि सारेका छन्।

काठमाडौं–६ को सम्मेलनमा बोल्दै उनले भने, “यदि सबै सदस्यबाट प्रत्यक्ष मतदान गरेर नेतृत्व चुन्ने प्रणाली अपनायौं भने गुटबन्दीको ठाउँ रहने छैन।”

थापाले कांग्रेसको १५औं महाधिवेशन २०८३ मंसिरभन्दा अगाडि नै हुने स्पष्ट पनि पारे।

 

तपाईको प्रतिक्रिया