राजनीति
इरानी नागरिकलाई नेपाल प्रवेशमा कडाइ : ‘अनअराइभल’ भिसा उपलब्ध नगराउने
शनिबार फाल्गुण ३०, २०८२/ Saturday 03-14-26
काठमाण्डौ। नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा अर्थात् (अनअराइभल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो ।
यससँगै नेपालमा अनअराइभल भिसा प्राप्त नहुने देशको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य देशहरुमा नाइजेरिया, घाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया रहेका छन् ।
अध्यागमन विभाग निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार मध्यपूर्वमा बढेको तनावसँगै नेपालले इरानका नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको हो ।
तपाईको प्रतिक्रिया