काठमाडौं। गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। कारागारका जेलर बाबुराम अर्यालका अनुसार उनले भुक्तान गर्नुपर्ने सजाय पूरा गरेपछि रिहा गरिएको हो।
२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरिएको थियो। उक्त मुद्दामा सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते ५ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालत पाटनले २०६९ साउन २८ गते गरेको फैसलालाई सदर गर्दै गरिएको निर्णय हो।
यसअघि नै मनाङे २ वर्ष ८ महिना जेल बसिसकेका थिए। बाँकी सजायमध्ये जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुट दिएको थियो। त्यसपछि बाँकी सजाय भुक्तान गरी बुधबार उनी कारागारमुक्त भएका हुन्।
तपाईको प्रतिक्रिया