काठमाडौं । इलाम–१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का उम्मेदवार निश्कल राई विजयी भएका छन्।
उनले श्रम संस्कृति पार्टी का उम्मेदवार विनोद नेम्वाङ लिम्बु लाई ९११ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचन परिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्दा लिम्बुले १३ हजार ६३२ मत हासिल गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का काजीमान कागते ले ११ हजार ९६६ मत प्राप्त गरेका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी का विमल गदाल रहेका छन्, जसले ९ हजार १६० मत पाएका छन्।
उक्त विवरण निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको हो।
तपाईको प्रतिक्रिया