आइतबार १ चैत २०८२
बिश्वो

इरानको खार्ग टापुमा आक्रमण, सैन्य लक्ष्य नष्ट; तेल पूर्वाधार सुरक्षितः ट्रम्प

शनिबार फाल्गुण ३०, २०८२/ Saturday 03-14-26

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानको खार्ग टापुमा हवाई आक्रमण गरी “सबै सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरेको दावी गरेका छन्। उनले उक्त आक्रमणले तेल सम्बन्धी पूर्वाधारहरूलाई असर नगरेको दावी गर्दै इरानले हर्मुज स्ट्रेटमा जलमार्ग अवरुद्ध गर्ने प्रयास गरे तेल पूर्वाधारहरू ध्वस्त पारिदिने  चेतावनी समेत दिएका छन्। 

खार्ग टापु इरानको तेल निर्यातको मुख्य केन्द्र मानिन्छ र यसले देशको अधिकांश क्रूड तेल निर्यात व्यवस्थापन गर्दछ। यद्यपि तेल पूर्वाधारमा कुनै क्षति भएको छैन, तनावकै कारण वैश्विक तेल बजारमा उतार‑चढाव देखा पर्न थालेको छ। यता इरानी अधिकारीहरूले पनि  ऊर्जा पूर्वाधारमा क्षती पुगे अमेरिकाका विरुद्ध कडा प्रतिकात्मक कदम चालिने चेतावनी दिएका छन ट्रम्पले यो कदम हर्मुज स्ट्रेटमा समुद्री मार्ग सुरक्षित राख्ने तथा इरानमाथि दबाब कायम राख्ने उपायको रूपमा लिएको बताएका छन्।

विशेषज्ञहरूका अनुसार यदि आक्रमण तेल पूर्वाधारसम्म फैलियो भने तेल मूल्यमा ठूलो वृद्धि हुन सक्छ। यसैबीच, अमेरिकी सेनाले मध्यपूर्वमा थप सैनिक परिचालन गरेको जानकारी पनि आएको छ, जसले तनाव अझ बढेको संकेत दिन्छ।

तपाईको प्रतिक्रिया