समाज
मनकामना दर्शनबाट फर्कँदै माइक्रोबस दुर्घटना : ७ जनाको मृत्यु
शनिबार फाल्गुण ३०, २०८२/ Saturday 03-14-26
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। माइक्रोबसमा १४ जना सवार थिए।
प्रहरीका अनुसार दुर्घटनास्थलमै ७ जनाको ज्यान गएको हो भने अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। भीरालो भूभागका कारण उद्धार कार्य केही समय कठिन भएको बताइएको छ।
दुर्घटनाको कारण तथा मृतक र घाइतेको पहिचानबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया