बुधबार ३० बैशाख २०८३
शिक्षा

एसईई नतिजा आजै सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार अहिले जारी बैठकमा नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको छ। यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।

लिङ्गगत विवरण अनुसार २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा ७ जना अन्य सहभागी रहेका छन्।

 

तपाईको प्रतिक्रिया