बुधबार ३० बैशाख २०८३
शिक्षा

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको हो।

यस वर्षको नतिजाअनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा केहीबेरपछि वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिनेछ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण यसपटक नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

एसईई २०८२ मा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य लिङ्गका ७ जना विद्यार्थी रहेका थिए।

 

तपाईको प्रतिक्रिया