शुक्रबार २५ बैशाख २०८३
बिजनेस

फेसनप्रेमी महिलाका लागि टोखामा खुल्यो ‘फलानो कलेक्शन’, काठमाडौं उपत्यकाभर निःशुल्क डेलिभरी

शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26

काठमाडौं। महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फेसनेबल पहिरन एकै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित ‘फलानो कलेक्शन’ले काठमाडौंको टोखा नगरपालिका–३ स्थित थापागाउँ पुल तथा ‘प्रकृति पाठशाला’ नजिक आफ्नो नयाँ फेसन स्टोर सञ्चालनमा ल्याएको छ।

'फलानो कलेक्शन’को शुक्रबार औपचारिक उद्घाटन गरिएको हो। उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट, आकर्षक अफर तथा विभिन्न फेसन कलेक्सन सार्वजनिक गरिएको सञ्चालकले बताएका छन्।

‘फलानो कलेक्शन’का सञ्चालक नयनमानसिंह बोगटीका अनुसार पछिल्लो फेसन ट्रेन्ड र महिलाहरूको आवश्यकता अनुसार दैनिक प्रयोगका कपडादेखि पार्टी वेयर, क्याजुअल, ट्रेडिसनल, डिजाइनर तथा आधुनिक पहिरनसम्म उपलब्ध गराइएको छ।

“महिलाहरूलाई गुणस्तरीय र स्टाइलिस लुगा सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” सञ्चालक बोगटीले भने, “ग्राहकको सहजतालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाभर निःशुल्क डेलिभरी सेवासमेत सुरु गरेका छौं।”

उनका अनुसार ग्राहकले 'फलानो कलेक्शन'को टिकटक र फेसबुक पेज सर्च गरेर अनलाइनमार्फत समेत अर्डर गर्न सक्नेछन् र घरमै सेवा प्राप्त गर्ने सुविधा उपलब्ध हुनेछ। यसले व्यस्त जीवनशैली भएका ग्राहकलाई अझ सहज हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया