बुधबार ३० बैशाख २०८३
राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्रीको राजीनामा माग

बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी दलहरूले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।

बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति पाएपछि विपक्षी सांसदहरूले त्यसको विरोध गरेका हुन्।

सभामुख डोलप्रसाद अर्यालले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि विपक्षी दलहरूले नाराबाजी र विरोध जारी राखेका छन्।

यसैबीच, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म नीति तथा कार्यक्रममाथिको छलफल अघि बढ्न नसक्ने अडान राख्दै बैठक बहिष्कार गरेर बाहिरिएको छ।

तपाईको प्रतिक्रिया