सोमबार २८ बैशाख २०८३
बिजनेस

सीईओ पाण्डेको राजीनामासम्बन्धी समाचार हल्ला र भ्रामक भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्पष्टोक्ति

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा सीईओ पाण्डेको राजीनामासम्बन्धी सार्वजनिक भएका समाचार तथा सूचनाहरू पूर्ण रूपमा भ्रामक, आधारहीन र तथ्यहीन रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल आफ्नो जिम्मेवारीमा सक्रिय रूपमा कार्यरत छन् र बैंकको समग्र सञ्चालन तथा व्यवस्थापनमा निरन्तर संलग्न रहेका छन्।

बैंकले आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना तथा समाचारको आधारमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सम्पूर्ण सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।

साथै, बैंकले ग्राहक, शेयरधनी तथा सर्वसाधारणप्रति आफ्नो विश्वास, पारदर्शिता र संस्थागत प्रतिबद्धतालाई थप सुदृढ गर्दै गुणस्तरीय तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया